Ad #144479

२९ मंसिर, एजेन्सी। कोरोना भाइरसबाट लिवियाका एक जना सांसदको निधन भएको छ ।

मोरक्कोस्थित एक अस्पतालमा उपचार गराइरहेका बेला सांसद ओमर गार्मिलको निधन भएको अधिकारीहरुले जनाएका छन् ।

उनलाई झण्डै एक हप्ता अगाडि कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि उनको उपचार भइरहेको थियो । श्रोतका अनुसार सांसद गार्मिलको गत आइतबार नै निधन भएको हो ।

निधन भएका सांसद गार्मिल नोभेम्बरको अन्त्यतिर तान्जायर्समा भएको एउटा बैठकमा सहभागी भएका थिए । सो बैठकमा लिबियाका अरु १२० जना सांसद पनि सहभागी भएका थिए ।