Ad #144479

एजेन्सी। उज्बेकिस्तानमा शिक्षकको तलवको सट्टा तरकारी छान्न दिइएको छ । शिक्षकको तलबको सट्टा आलु, गाजर र कन्दमुल जस्ता तरकारीलाई छान्न दिइएको हो ।

तर शिक्षकहरूले भने सरकारको यो कदमलाई लाचारीपनको संज्ञा दिएका छन् । उज्वेकिस्तानको कैरेकलपाकस्तान रिपब्लिकमा शिक्षकहरूका लागि सरकारले नगद तलबको बदलामा तरकारी दिने योजना बनाइएको हो ।

शिक्षकहरुलाई यदि कुखुराको मासुको आवश्यकता भएमा बजारको भाउ भन्दा धेरै सस्तोमा खरिद गर्न सक्नेछन् । हालसम्म शिक्षकको तलब ७ हजार सोम तोकिएको छ । तर बजारको मुल्य भने यो भन्दा दोब्बर भएको शिक्षकहरुले बताउँदै आएका छन् ।

उज्वेकिस्तानमा बजारमा मूल्य महँगो भयो भनेर गुनासो गरिरहँदा सरकारले यो विकल्प हुनसक्ने अनुमान गरेको हो । त्यहाँका बैंकहरूमा पनि पैसाको अभाव भइरहेको बताइएको छ ।

यसको असर कर्मचारीलाइृ परेको छ । उज्बेकिस्तान सरकारले मिडियालाई नियन्त्रण राखेको छ । यदि नागरिकले मिडियासँग कुरा गर्न चाहेमा आफ्नो परिचय लुकाएर मात्र कुरा गर्न सक्छन् ।