Ad #144479

२९ मंसिर, चितवन । चितवनमा एक जना प्रहरी हवल्दारले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार होमप्रसाद ढकालले आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार थापाका अनुसार भरतपुर महानगरपालिका २४ शुक्रनगरमा रहेको आफ्नै घर नजिकैको आँपको रुखमा ढकालले पासो लगाएर आत्महत्या गरेका हुन्।

प्रहरी निरीक्षकको टोलीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टम गर्न भरतपुर अस्पताल पठाइएको छ । प्रहरी हवल्दारले कुन कारणले आत्महत्या गरे भन्ने खुलेको छैन् ।