Ad #144479

७ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारेपनि सत्ता छाड्ने संकेत नदेखाएपछि उनलाई ह्वाइट हाउसबाट निकालेर सडकमा ल्याउने चेतावनी ओबामाले दिएका छन् । पूर्वराष्ट्रपति बाराक ओबामाले ट्रम्पलाई ह्वाइट हाउसबाट निकालेर सडकमा फाल्ने चेतावनी दिएका हुन् ।

उनले अमेरिकी सेनाको टोली लगाएर ट्रम्पलाई निकाल्न सकिने पनि बताएका छन् । सत्ता छाड्न नमानेका ट्रम्पलाई सेनाको कमाण्डो पठाएर निकाल्न सकिने ओबामाको भनाई छ । कमाण्डो पठाएर आतंककारी संगठन अल कायदाका नेता ओसामा बीन लादेनको हत्या गराएका ओबामाले ट्रम्पलाई हार स्वीकार गरेर ह्वाइट हाउस छाड्न अपील गरेका छन् ।

ट्रम्पलाई हराउँदै जोय बाइडेन अमेरिकाका ४६ औँ राष्ट्रपति चुनिएका छन् । तर ट्रम्पले अहिलेसम्म पनि ह्वाइट हाउस छाड्ने सुरसार गरेका छैनन् ।