७ मंसिर, काठमाडौं । सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । आइतबारको कारोबारका लागि छापावाल सुनको भाउ ९४ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावल सुनको भाउ ९४ हजार तथा तेजावी सुनको भाउ ९३ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको भाउ भने अघिल्लो कारोबार दिनको तुलनामा नबढेको महासंघले जनाएको छ । चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । विवाहको महिना सुरु भएकाले सुनको कारोबार बढ्ने प्रतिक्षामा व्यवसायीहरु छन् ।












