भारतमा विवाहमा गएको जीप दुर्घटना, १४ जनाको मृत्यु

५ मंसिर, नयाँदिल्ली । भारतमा विवाहमा गएको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । उत्तरप्रदेशको प्रतापगढ जिल्लामा भएको दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो ।

ट्रकमा ठोक्किएको जीप कच्याककुचुक हुँदा जीपको पाता काटेर शव निकाल्नु परेको प्रहरीले जनाएको छ । मृतकहरुमध्ये १२ जना कुँडा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् ।

[sidebar name="button post"]