अमेरिकामा कोराना सङ्क्रमितको संख्या बढ्यो : न्यूयोर्कमा विद्यालयहरू बन्द गर्न आदेश

मङ्सिर ४ ,काठमाण्डाै। अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या साढे दुई लाख नाघेको छ ।कोरोना भाइरसका कारण ज्यान गएकाको संख्या र सङ्क्रमणका आधारमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा अहिले दैनिक सङ्क्रमितको नयाँ रेकर्ड भइरहेको छ ।

अमेरिकामा अहिलेसम्म १ करोड १८ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणबाट २ लाख ५६ हजारभन्दा धेरैको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ । अमेरिकामा फेरि एकपटक देशभरि नै गम्भीर रुपमा कोराना सङ्क्रमितको संख्या बढिरहेको छ ।

फाउचीले नयाँ सङ्क्रमण बढेसँगै मृतकको सङ्ख्या थपिन सक्ने चेतावनी दिनुभएको छ । कोरोना भाइरसको केन्द्र रहेको न्यूयोर्क सहरले सङ्क्रमण बढ्ने अनुमानका साथ आजदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ । रेस्टुरेन्ट र जिमखाना भने खुला रहने बीबीसीको खबरमा उल्लेख छ ।

[sidebar name="button post"]