आजपनि सुन मूल्य गिरावट

४ मङ्सिर, काठमाडौं। पछिल्लो केहिदिन देखि नेपाली बजारमा सुनको मूल्य घट्बढ भइरहेको छ। बिहिबार सुनको मूल्यमा ७ सयले घटेको छ।

तिहारपछि सुनको मूल्यमा लगातार गिरावट भएको छ। बिहिबार छापावाल सुन तोलाको ९४ हजार ४ सय रुपैयाँमा रहेको छ । तेजावी सुन भने तोलाको ९३ हजार ९ सय रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, बिहिबार चाँदीको मूल्य तोलाको एक हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

[sidebar name="button post"]