अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना पुष्टि भएपछि उहाँलाई अस्पताल लगिएको हो । ह्वाइट हाउसले विज्ञप्ती निकालेर स्वास्थ्य सावधानीको लागि उहाँलाई वाल्टर रीड नेश्नल मिलिट्री मेडिकल सेन्टरमा लगिएको जानकारी दिएको छ ।
सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पत्तिकै रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएका ट्रम्पमा लक्षण देखिन थालेको छ ।
उहाँलाई हल्का ज्वरो आउँनुका साथै थकान पनि धेरै महसुश हुन थालेको बीबीसीले जनाएको छ ।
[sidebar name="button post"]









