कश्मीर मुद्दामा टर्कीको चासो, भारतको आपत्ति

७ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको बैठकमा टर्कीले जम्मु–कश्मीरको मुद्दा उठाएको छ। भारतले भने यो मुर्दा विशुद्ध भारत र पाकिस्तानको आन्तरिक मामिलामा भएको जनाएको छ ।

भिडियो मार्फत राष्ट्रसंघको ७५ औं वर्षगाँठको अवसरमा संचालीत बैठकमा सम्बोधन गर्दै टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले दक्षिण एसियामा शान्ति र स्थीरताका लागि जम्मु–कश्मीर मुद्दा सुल्झाउनु पर्ने बताउनुभएको थियो ।

भारतका प्रतिनिधि टिएस त्रिमूर्तिले भने राष्ट्रपति अर्दोआनको उक्त अभिव्यक्ति आपत्ती जनाक रहेको वताउनुभएको छ । त्रिमूर्तिले भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएकाले उक्त कुराको पूर्णरुपमा अस्वीकार गर्नुभयो ।

[sidebar name="button post"]