७ असोज, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट खेलाडीलाई इतिहासमै पहिलोपल्ट वर्गीकरणमा राखेको छ । पुरुष राष्ट्रिय क्रिकेटरहरु भने यसअघिनै सेन्ट्रल कन्ट्रयाक्टमा परिसकेका छन् ।
वर्गीकरणमा पर्ने राष्ट्रिय खेलाडिहरुमा ग्रेड ‘ए’ मा रुबिना क्षेत्री,नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी परेका छन् । ग्रेड ‘बी’ मा ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, बिन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर परेका छन् भने ग्रेड ‘सी’ मा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले परेका छन् ।
खेलाडिहरुले आफ्नो ग्रेड अनुसार मासिक तलव पाउने छन् । ग्रेड ‘ए’ मा परेकाले १५ हजार, ग्रेड ‘बी’ मा परेकाले १२ हजार र ग्रेड ‘सी’ मा परेकाले १० हजार मासिक तलब पाउने बोर्ड बैठकले निर्णय गरेको छ ।











