विश्वमा कोरोना भाइरस संक्रमितको संख्या साढे दुई करोड नाघेको छ । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ५१ लाख ६२ हजार भन्दा धेरैमा कोरोना संक्रमण भएको छ भने ति मध्ये आठ लाख ४६ हजार छ सय भन्दा धेरेको ज्यान गैसकेको छ ।
एक करोड ७५ लाख पाँच सय भन्दा धेरै उपचार पछि निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै दुई लाख ५६ हजार भन्दा धेरेमा कोरोना संक्रमण पुष्टि भएको छ भने पाँच हजार तीन सय भन्दा धेरैको ज्यान गएको छ । विश्वमा कोरोना संक्रमित मध्ये झण्डै ७० प्रतिशत निको भएका छन् ।
कोरोना भाइरसको प्रभाव सबैभन्दा धेरै अमेरिकामा परेका छन् । अमेरिकामा अहिलेसम्म ६१ लाख ३९ हजार भन्दा धेरैमा संक्रमण हुँदा एक लाख ४६ हजार आठ सय भन्दा धेरैको ज्यान गैसकेको छ । ३४ लाख आठ हजार भन्दा धेरै निको भएका छन् । दोश्रोमा ब्राजिलमा सबैभन्दा धेरैमा सङक्रमण भएको छ । ब्राजिलमा ३८ लाख ४७ हजार भन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख २० हजार पाँच सय भन्दा धेरेको ज्यान गएको छ ।
ब्राजिलमा ३० लाख छ हजार भन्दा धेरै निको भएका छन् । तेश्रोमा भारत रहेको छ । भारतमा ३५ लाख ३९ हजार सात सय भन्दा धेरैमा सङक्रमण भएकोमा ६३ हजार छ सय ५० भन्दा धेरेको ज्यान गएको छ । २७ लाख १२ हजार पाँच सय भन्दा धेरै उपचारपछि निको भएका छन् ।
कोरोना भाइरस नियन्त्रणका लागि विश्वका धेरै देशले लकडाउन तथा निषेधाज्ञा लागु गरेका छन् । तर पछिल्लो समयमा कोरोना त्रास बढाएर लकडाउन गरिरहँदा मानिसमा अरु समस्या आएको भन्दै कोरोनालाई सामान्यीकरण गर्दै नियन्त्रण गर्न माग बढेको छ । जर्मनीमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले लागु गरेको प्रतिबन्धका विरुद्ध प्रदर्शन नै भएको छ ।









