क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछानेको टिम जमैका तालवाजले जित निकालेको छ । विहान सकिएको खेलमा जमैका तालवाजले सेन्ट किट्स एण्ड नाभिस पेट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो ।
जमैकाले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । १४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स निर्धारित ओभरको २ बल बाँकी छर्दै ११० रनमा समेटिन पुग्यो । जीतसँगै जमैका तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ ।
जमैकाका कार्लोस ब्रेथह्वाईटले तीन विकेट लिए । यस्तै नेपाली लेग स्पिनर सन्दीप, फिडेल एडवार्ड र भिरा स्वमी परमुलले २–२ विकेट लिएका छन् ।
[sidebar name="button post"]









