Ad #144479

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आशा रहेको बताउनु भएको हो।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले शुक्रबार जेनेभामा बोल्ने क्रममा कोरोना भाइरस नियन्त्रणमा आउन दुई वर्ष लाग्न  सकिने बताउनु भएको हो ।

कोरोना भाइरस विरुद्धको अभियानमा सफलता पाउनका लागि राष्ट्रिय एकता तथा विश्वव्यापी सहकार्य अत्यावश्यक रहेकोमा पुनः जोड दिनु भएको छ ।

कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म झण्डै ८ लाख मानिसको ज्यान गएको छ । यस्तै दुई करोड २७ लाख भन्दा बढी मानिस विश्वभर संक्रमित भएका छन्।