Ad #144479

काठमाण्डौ – काठमाडौं उपत्यकामा बिहानै निषेधाज्ञा अवज्ञा गर्ने १ सयभन्दा धेरै गाडी कारबाहीमा परेका छन् ।

पछिल्लो २४ घण्टामा ७४७ वटा र आज विहान मात्रै झण्डै एकसय गाडी कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । हिजो होल्ड गरिएका ७४७ गाडीलाई राति ८ बजे छाडिएको थियो । निषेधाज्ञा उल्लंघनको घटना बढेमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

ऐन अनुसार १ सय रुपैयाँसम्म जरिवाना वा १ महिना कैद अथवा दुबै सजाय हुन सक्छ । काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमणको दर बढेपछि प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णय अनुसार उपत्यकामा अस्ती बिहीबारदेखि १० गतेसम्मका लागि निशेधाज्ञा लागु गरिएको छ ।