Ad #144479

भदौ ६, पहिरोका कारण ठप्प भएको मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी खुलेको छ ।

पहिरो आंशिक रुपमा पन्छाएपछि बाटो एकतर्फी रुपमा खुलेको मुग्लिन–नारायणगढ सडकखण्ड अयोजनाका ईन्जिनियर शिव खनालले जानकारी दिनुभयो । उहाँका अनुसार चितवनको ईच्छाकामना गाउँपालिका ५ मा राति १ बजेतिर खसेको पहिरोका कारण सडकखण्डमा गाडी गुड्न सकेको थिएन ।

तर अहिले भने एकतर्फी सडक खुलेको र अबको एक घण्टा पछि दुईतर्फी नै सडक खुलाउने तयारी भएको उहाँले जानकारी दिनुभयो ।