Ad #144479

भदाै १, चीनमा कोरोना भाईरस विरुद्धको खोपलाई पेटेन्ट अधिकार मिलेको छ । चीनको भ्याक्सिन कम्पनी केनसाइनो बायलोजिक्स कर्पोरेशनले बनाएको एडीफाइभ एल सिओभी नामक खोपलाई पेटेन्ट अधिकार दिईएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

चीनको बौद्धिक सम्पदा नियामक निकायले गएको २७ गते कोरोना भाइरस विरुद्धको खोपलाई पेटेन्ट अधिकार दिएको हाे । चीनमा कोरोना विरुद्धको कुनै पनि खोपलाई पेटेन्ट अधिकार दिईएको यो पहिलो पटक हो । पेटेन्ट अधिकार पाएसँगै अब यो खोपको अरु कसैले पनि नक्कल गरेर खोप निकाल्न पाउनेछैन ।