धनुषामा कोरोना संक्रमित थप एकको मृत्यु

१ भदौ, धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

साउन २६ गते बिरामी परेर गत अस्पताल भर्ना भएर सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले बताउनुभयो । साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै धनुषामा कोराना संक्रमति भएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

[sidebar name="button post"]