Ad #144479

भदौ १, काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय बन्द गरिएको छ । नगरपालिकाभित्र कोरोना संक्रमित र जोखिम बढ्दै गएपछि निगरानी र कढाई गरिएको हो । नगरपालिकाभित्र पूर्ण रुपमा लकडाउन नभएपनि लकडाउनमा जस्तै कढाई गरिएको मेयर कृष्णहरि थापाले बताउनुभयो ।

नगरपालिकाभित्र अत्यावश्यक बाहेकका पसल, व्यवसाय जस्तै शैलुन, व्यूटिपार्लर, बुटिक, चियाखाजा पसल, रेष्टुरेन्ट, फेन्सी, मोवाइल, मदिरा, ठेलागाडा, फुटपाथ, वर्कशप, मासु पसल, सुनचाँदी लगाएत सञ्चालनमा रोक लगाइएको छ । यी सेवा आउँदो १५ गतेसम्म सञ्चालनमा रोक लगाएको नगरपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नगरपालिका र वडा कार्यालयबाट दिईने सबै सेवा यसअघि नै बन्द गरिएको छ । अत्यावश्यक सेवा भने रोकिएको छैन । अरु सेवा तथा व्यवसाय बन्द भएपछि नगरपालिका क्षेत्रभित्र सुनसान छ । चहलपहल घटेको छ । नगरपालिकाले सबैलाई अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न भनेको छ ।

विना मास्क सार्वजनिक ठाउँमा हिडेको भेटिए कारवाही गर्ने पनि नगरपालिकाले जनाएको छ ।