विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ८९ लाख ८४ हजार ७३४ पुगेको छ। जसमध्ये ७ लाख ११ हजार ३४७ जनाको मृत्यु भइसकेको छ।
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४९ लाख ७३ हजार ७४१ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ६१ हजार ६०७ पुगेको छ।
ब्राजिलमा २८ लाख ६२ हजार ७६१ जना संक्रमित भएकोमा ९७ हजार ७१८ जनाले ज्यान गुमाएका छन्।
यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ १९ लाख ६७ हजार ७०० जनामा संक्रमण भएकोमा ४० हजार ७७२ भन्दा धेरैको ज्यान गएको छ।
रसियामा ८ लाख ६६ हजार ६२७ जना संक्रमित भएका छन् भने १४ हजार ४९० जनाको मृत्यु भइसकेको छ। स्पेनमा ३ लाख ५२ हजार ८४७ संक्रमित भएकोमा २८ हजार ४९९ जनाले ज्यान गुमाएका छन्।
बेलायतमा ३ लाख ७ हजार १८४ संक्रमित भएकोमा ४६ हजार ३६४ जनाको मृत्यु भइसकेको छ।