काठमाडौँ, २२ साउन । निर्माण कार्य सम्पन्न भइसकेर पनि टेकुस्थित विष्णुमती पुल सञ्चालनमा आउन सकेको छैन । पुल निर्माणमा रहेका प्राविधिक त्रुटिका कारण डिभिजन सडक कार्यालयले बन्द गरेर आवतजावतमा रोक लगाइएको छ । पुलको निर्माण काठमाडौँ दिगो शहरी यातायात आयोजनाअन्तर्गत एशियाली विकास बैंकको ऋण सहयोगमा भएको थियो ।
पप्पु कन्स्ट्रक्सनसँग विसं २०७१ असारमा ठेक्का सम्झौता भएको थियो ।
पुलमा प्रयोग गरिएका कतिपय निर्माण सामग्री कम गुणस्तरको पाइएको सडक विभागले बताएको छ । डिजाइनमा उल्लेख भएभन्दा फरक सामग्रीको प्रयोग गरेको पाइएपछि विभागले निर्माण कम्पनीलाई त्रुटि सच्याउन भनी विसंं २०७६ असारमा सूचना प्रकाशन गरेको थियो ।
विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार उक्त सूचना प्रकाशन भएपछि पनि निर्माण व्यवसायीका तर्फबाट कुनै पहल नभएपछि र त्रुटि सच्याउन वास्ता नगरेपछि गत पुसमा ठेक्का तोडिएको हो ।पुल निर्माण गर्ने आयोजनाको कार्यालय खारेजी भएपछि सडक विभागमा हस्तान्तरण गरेको थियो । परामर्शदाताले पुलमा रहेका त्रुटि औँल्याएपछि सच्याउन भनिए पनि त्यसमा निर्माण व्यवसायीले चासो नदेखाएको हो ।
पुल निरीक्षणका क्रममा त्रुटि पाइएकाले सवारी साधन सञ्चालन गर्न दिन नसकिएको सार्थै कानूनी प्रक्रियामा रहेकाले तत्काल पुल सञ्चालन हुन नसक्ने जनाइएको छ । शर्माका अनुसनर त्यहाँ रहेका समस्या हटाएर मात्रै सञ्चालन गर्न सकिनेछ ।
विभागका पुल महाशाखा प्रमुख ९उपमहानिर्देशक० दीपक भट्टराईका अनुसार विभागले सो पुलमा भेटिएका त्रुटि सच्याउन व्यवसायीलाई एक वर्ष पहिले भनेको थियो । निर्माण व्यवसायीले भने आफूले गरेको कामको भुक्तानी पाउनुपर्ने माग गरेका छन । सो पुलमा थप अध्ययन गरेर आवश्यक भएमा भत्काउनुपर्ने हुन सक्ने र बस्ती नजीक रहेको पुल भएकाले भत्काउन पनि सहज नभएको उहाँको भनाइ छ । सवारी चाप हुने ठाउँ भएकाले त्यो पुल भत्काउँदा पनि क्षति हुन नदिने कुरालाई ध्यान दिइनुपर्ने उहाँले बताउनुभयो ।
विभागका अनुसार पुलको बीचको खण्ड ९मिडल स्पान० तीन सय मिटरमा समस्या रहेको पाइएको छ । निर्माण व्यवसायीले ठेक्का सम्झौतामा कुनै अन्त्यत्रुटि नभएको भनी बिल भुक्तानीका लागि जिकिर गरेको थियो । विभागको कानून महाशाखाअन्तर्गत मध्यस्तता प्रक्रिया चलिरहेको छ ।
पुलको स्वीकृत ड्रइङअनुसार पुलको लम्बाइ ६० मिटर हुनुपर्ने र तीन स्पानमध्ये बीचको ३० मिटर, दायाँ १० मिटर र बायाँ २० मिटर हुने उल्लेख छ । पुलको सब–स्ट्रक्चरसम्मको भुक्तानी भने भइसकेको विभागले जनाएको छ ।
निर्माण कम्पनीले निर्माण गरेका तीनकुनेस्थित वाग्मती पुल र त्यसको दुवैमा निर्माणका क्रममा त्रुटि पाइएपछि सडक विभागले गत वर्ष नै ठेक्का सम्झौता तोडेको हो । नयाँ ठेक्कामार्फत निर्माण गरिने निर्णय भइसकेको र टेकु पुलको भने विवाद सल्टन बाँकी भएकाले न त निर्माण भएको पुल सञ्चालनमा आउन सकेको छ न भत्काएर नयाँ निर्माणकार्य बारे योजना हुन सकेको छ ।












