विश्वभर कोरोनाका नयाँ सङ्क्रमित बढ्दै

विश्वभर हिजो एकैदिन २ लाख ९२ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । वल्डोमिटरका अनुसार विश्वभर अहिलेसम्म एक करोड ७७ लाख कोरोनाका सङ्क्रमित छन् भने ६ लाख ८२ हजार जनाको ज्यान गएको छ । एक करोड ११ लाख भने उपचारपछि निको भएका छन् ।  विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार मात्रै विश्वभर २ लाख ९२ हजार ५ सय २७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका हुन् ।

यसअघि गएको ९ गते २ लाख ८४ हजार भन्दा धेरै नयाँ सङ्क्रमित थपिएका थिए । डब्लूएचओका अनुसार अहिलेसम्म कोरोना सङ्क्रमणका कारण अमेरिकामा १ लाख ५३ हजार, ब्राजिलमा ९२ हजार, मेक्सिकोमा साढे ४६ हजार, बेलायतमा ४६ हजार, भारतमा साढे ३५ हजार, इटालीमा ३५ हजार, फ्रान्समा ३० हजार र स्पेनमा २८ हजारको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।