बकर–इदले मौलिक संस्कृति र परम्परा संरक्षण : प्रधानमन्त्री ओली

बकर–इद (इदुल जोहा) ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।

इस्लाम धर्मावलम्बीको पर्व बकर–इद (इदुल जोहा)का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्नेसमेत शुभेच्छा व्यक्त गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आआफ्नो ठाउँबाट सक्रिय रहन यस अवसरमा सबैमा आह्वान गर्नुभएको छ ।यसै दिनदेखि हिजारी संवत्को नयाँ वर्षको शुरूआत हुने गर्दछ ।

नेपालमा धार्मिक, सांस्कृतिक र भाषिकलगायतका विविधतालाई संवैधानिकरुपमा सम्मान र संरक्षण गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, “विविधताबीचको एकता हाम्रो मौलिक पूँजी हो र यसका माध्यमबाट हामीलेदेशलाई  विकास र समृद्धिको नयाँ उचाइमा पु¥याउनु पर्नेछ। “

बकर–इदलाई करिब चार हजार वर्षअघि हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका अगाडि प्रस्तुत गरेको कुर्वानी (बलिदानी)को सम्झनास्वरूप मनाइने पर्वका रुपमा लिइन्छ ।