विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ७२ लाख ७ हजार २८३ पुगेकाे छ। जसमध्ये ६ लाख ७० हजार ६ सय ११ जनाकाे मृत्यु भइसकेकाे छ भने विश्वभर एक करोड ७ लाख २३ हजार २२ जना निको भएका छन्।
विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४५ लाख ६८ हजार ३ सय ७५ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ५३ हजार ८ सय ४५ पुगेको छ।
यसैगरी भारतमा १५ लाख ८७ हजार ९ सय ८२ जनामा संक्रमण भएकोमा ३५ हजारभन्दा धेरैको ज्यान गएको छ।
रसियामा ८ लाख ३४ हजार ४ सय ९९ जना संक्रमित भएका छन् भने १३ हजार ८ सय २ जनाको मृत्यु भइसकेको छ।
स्पेनमा ३ लाख २९ हजार ७ सय २१ संक्रमित भएकोमा २८ हजार ४ सय ४१ जनाले ज्यान गुमाएका छन्।
बेलायतमा ३ लाख १ हजार ४ सय ५५ संक्रमित भएकोमा ४५ हजार ९ सय ६१ जनाको मृत्यु भइसकेको छ।