अमिताभ बच्चन र अभिषेक बच्चन लाई पनि कोरोना संक्रमण

बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन लाई कोरोना संक्रमण भएको छ। उनलाई शनिबार राति मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ।

अमिताभ बच्चनले आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी ट्वीटमार्फत् दिएका छन्। उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण भएको छ।

अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएको खबरसँगै बलिउडका कलाकारहरू र प्रशंसकहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।