भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा २६ हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५०६ जना संक्रमित भएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या सात लाख ९३ हजार ८०२ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले पनि दुई लाख ७६ हजार ६८५ जना संक्रमित अवस्थामै रहेका छन् भने चार लाख ९५ हजार ५१३ जना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २१ हजार ६०४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।