हरीको गोली लागेर घाइते भएका भारत ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । आइतबार दिउँसो एक सार्वजनिक कार्यक्रममा जाने क्रममा दासमाथि एक प्रहरीले गोली हानेका थिए ।
गोली लागेलगत्तै उनलाई हवाई एम्बुलेन्समार्फत् उपचारका लागि भुवनेश्वरस्थित एक निजी अस्पताल लगिएको थियो । चिकित्सकहरुले स्वास्थ्यमन्त्री दासलाई बचाउन कोसिस गरे पनि असफल भएको बताएका छन् ।
सन् २०१९ को विधानसभा चुनाव अगाडि दासले कांग्रेस पार्टी परित्याग गरी बीजु जनता दल -बीजेडी)मा प्रवेश गरेका थिए । बीजेडीका वरिष्ठ नेता दास पहिलो पटक क्याबिनेट मन्त्री बनेका थिए ।