प्रधानमन्त्री दाहाल र मेयर बालेनबीच भेटवार्ता

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएकाे छ।

दुवैबीच प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार बिहान भेटवार्ता भएकाे हाे।

भेटवार्तामा मेयर बालेनले सुकुम्बासी बस्ती हटाउनका लागि प्रधानमन्त्री दाहालसँग सहयाेग मागेकाे बताइएकाे छ।

यसअघि उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग पनि सरकारको साथ मागेका थिए।

यसैगरी समसामयिक विषयमा पनि छलफल भएकाे थियाे।