युक्रेन र फिनल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता

युक्रेन र फिनल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता भएको छ । उनीहरुबीच युक्रेनमा जारी रुसी आक्रमण र यसबाट उत्पन्न सुरक्षा चासोका विषयमा कुराकानी भएको बताइएको छ ।

फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तो हाल युक्रेन भ्रमणका क्रममा राजधानी किभमा छन् । यसै क्रममा उनीहरुबीच भेटवार्ता भएको हो ।

त्यस भेटका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीले युक्रेनलाई फिनल्याण्डले गर्दै आएको सैन्य तथा अन्य सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिएन ।

युक्रेनलाई युरोपियन युनियनले पनि सोमबार मात्र थप सैन्य सहयोग उपलब्ध गराएको थियो । सो सहयोग पचास लाख युरोभन्दा बढी रहेको बताइएको छ ।

सोमबार सो विषयमा युरोपियन युनियनले जानकारी दिएको थियो । यसअघि पनि युक्रेनलाई सहयोग दिँदै आएकामा युरोपियन युनियनका विदेश मन्त्रीहरुको बैठकपछि पचास लाख युरोभन्दा बढी सैन्य सहयोगको घोषणा युरोपियन युनियनले सोमबार गरेको हो ।