सोमालियामा सैन्य कारबाहीमा ३९ जना विद्रोही मारिए

Masked Somali national army (SNA) soldiers search through homes for al-Shabaab fighters, during an operation in Ealsha Biyaha, Somalia, Saturday, June, 2, 2012 just a week after al-Shabaab fighters lost control of a refugee settlement in a three-day offensive that also saw troops moved into the agricultural town of Afgoye. ( AP Photo/Farah Abdi Warsameh)

सोमालियाको राष्ट्रिय सेनाले विद्रोही समूह अलशबाबविरुद्ध गरेको कारबाहीमा ३९ जना विद्रोही मारिएका छन् । सेनाले देशको मध्यभागमा अवस्थित शहर हारार्देरे नजिक गरिएको कारबाहीमा ती विद्रोही मारिएका बताएको छ ।

सोमालियाका अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा क्रियाशील सेनाले युद्ध क्षेत्रबाट भाग्ने क्रममा यात्रीबाहक एउटा बसमा आगजनी गर्ने लडाकालाई पनि मारेको राज्य सञ्चालित रेडियो मोगादिसुले जनाएको छ ।

राष्ट्रिय सेनाले विद्रोहीविरुद्धको कारबाहीमा उल्लेखनीय प्रगति हासिल गरेको सैनिक कमाण्डर मोहम्मद तहलिललाई उद्धृत गर्दै उक्त रेडियो समाचारमा उल्लेख गरिएको छ । राजधानी मुगादिसुमा आतङ्वादी समूहले गरेको घातक हमलाको एकदिन पछि सेनाले उक्त कारबाही गरेको हो ।