विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जाडो मौसम आएसँगै कोभिड–१९ का संक्रमितको मृत्यु तथा अस्पताल भर्नादर थप बढ्न सक्ने जनाएको छ ।
हालैका केही दिनमा कोभिड–१९ का संक्रमितको संख्या घट्दै गएको पाइएको भन्दै डब्ल्यूएचओले जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोभिड–१९ का संक्रमितको संख्या बढ्न सक्ने जनाएको छ ।
यस्तै, कोभिड–१९ का संक्रमितको मृत्युदर तथा उनीहरू अस्पताल भर्ना हुने दरमा पनि बढोत्तरी हुन सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस आधनम ग्याब्रेसियसले बुधबार जेनेभामा पत्रकारसँगको कुराकानीका क्रममा सो कुरा बताएका हुन् ।
[sidebar name="button post"]











