महानगरपालिकाले अब होर्डिङ बोर्ड हटाउने

नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले अब होर्डिङ बोर्ड हटाउने भएको छ ।

महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो ।

त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

[sidebar name="button post"]