आफ्नो मुलुकविरुद्धको आक्रमणमा रुसका ९ हजार सैनिक मारिएको युक्रेनको दाबी

आफ्नो मुलुकविरुद्धको आक्रमणमा रुसका ९ हजार सैनिक मारिएको युक्रेनले दाबी गरेको छ। एक साता यता जारी युद्धका क्रममा युक्रेनी पक्षबाट ९ हजार रुसी सैनिक मारिएको युक्रेनी सरकारले दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि रुसको रक्षामन्त्रालयले युक्रेनमा जारी आक्रमणमा ४९८ सैनिक मारिएको उल्लेख गरेको थियो । रुसी रक्षामन्त्रालयले अरु १५९८ रुसै सैनिक घाइते भएको उल्लेख गर्दै अरु धेरै युक्रेनी सैनिक पनि मारिएको दाबी गरेको थियो ।

रुसी सेनाले गत फेब्रुअरी २४ मा युक्रेनविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो ।

 

 

[sidebar name="button post"]