युक्रेन र रुसका प्रतिनिधिहरुबीच दोस्रो चरणको वार्ता बेलारुसमा हुँदै

युक्रेन र रुसका प्रतिनिधिहरुबीच दोस्रो चरणको वार्ता बेलारुसमा नेपाली समयअनुसार बिहीबार साँझ हुँदै छ।

युक्रेनी वार्ताकार डेभिड अराखामियाले फेसबुकमा एक अपडेट गर्दै किभको न्यूनतम लक्ष्य मानवीय कोरिडोर स्थापना गर्नु भएको बताएका छन्।

यसअघि युक्रेन र रुसबीच पहिलो चरणको वार्ता बेलारुसमा तीन दिनपहिले भएको थियो।

मस्कोले दक्षिणका धेरै सहरमा घेराबन्दी जारी राखे पनि हालसम्म युक्रेनबाट भाग्ने मानिसको संख्या १० लाख पुगेको छ।

युक्रेनको दक्षिणी सहर खेरसन अहिले रुसी नियन्त्रणमा छ। सहरमा नयाँ नियम लागू भएको स्थानीयले बीबीसीलाई बताएका छन्।

युक्रेनको दक्षिणी सहर खेरसन अहिले रुसी नियन्त्रणमा छ। सहरमा नयाँ नियम लागू भएको स्थानीयले बीबीसीलाई बताएका छन्।

 

[sidebar name="button post"]