साउदी अरेबियाका पत्रकार जमाल खसोगीको हत्या अभियोगमा एक साउदी नागरिक फ्रान्सबाट पक्राउ परेका छन् ।
फ्रान्सेली मिडियाकाअनुसार खालिद एदी अल ओतैबीला पेरिसको चाल्र्स डे विमानस्थलबाट पक्राउ परेका हुन् । उनी हत्यामा संलग्न भएका २६ जना आरोपीमध्ये एक रहेको बीबीसीले उल्लेख गरेको छ ।
साउदी सरकारले वासिङ्टन पोस्टका ती पूर्व पत्रकारलाई मुलुक फर्काउन पठाइएको एजेन्टहरुको टोलीले एक दुर्घटनामा मारेको बताएको थियो । तर, टर्कीका अधिकारीहरुले भने साउदी सरकारको उच्च तहबाट आएको आदेशमा पत्रकार मारिएको दाबी गर्दै आएको छ ।
[sidebar name="button post"]









