स्पेनिस क्लब रियल म्याड्रिड समूह विजेता बन्न सफल भएको छ ।
इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै रियल युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ ।
७८औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान प्रवेश गरेका विंगर मार्को एसेन्सियोले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै घरेलु टोली रियलको जित पक्का गरे ।
यो जितसँगै समुह ‘डी’ मा रियलले ६ खेलबाट १५ अंक जोडेको छ । त्यस्तै गएराति नै भएको सोही समुहको अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र मोल्दोभाको एफसी सेरिफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
[sidebar name="button post"]









