काठमाडौँ– विश्वमा कोरोना संक्रमितको संख्या २३ करोड ३० लाख नाघेको छ ।
वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४१ हजार ४६५ जना संक्रमित भएका छन् । पछिल्लो विवरणसँगै मंगलबार बिहान ६:३० सम्म विश्वभर संक्रमितको संख्या २३ करोड ३० लाख ११ हजार ७०७ पुगेको छ ।
विश्वभर अहिलेसम्म २० करोड ९६ लाख ९५ हजारभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ३८ हजार ११२ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४७ लाख ६७ हजार ८९१ पुगेको छ ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८५ लाख ४८ हजार ८५ छ । यसमध्ये ९२ हजार २९४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
[sidebar name="button post"]









