काठमाडौँ- बंगालको खाडीमा बिकसित ‘गुलाब’ चक्रवातको असरले आज मुलुकभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गुलाब चक्रावतको नेपालमा खासै असर नपरे पनि मौसममा बदली र देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशखाले जनाएको छ ।
दिउँसो काठमाडौँ उपत्यकासहित देशभरका केही स्थानमा सामान्यदेखि मध्यमस्तरको वर्षा हुन सक्ने उनले बताए ।
मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार आज राति पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
[sidebar name="button post"]









