अमेरिकाको तापक्रम अहिलेसम्मकै उच्च बिन्दू तर्फ

अमेरिकाको पश्चिमी क्षेत्रमा तापक्रम निरन्तर बढ्दो क्रममा छ । मौसम पूर्वानुमान अनुसार क्यालिफोर्निया र नेभाडा राज्यको तापक्रम अहिलेसम्मकै उच्च पुग्ने छ ।

केही हप्ता पहिले मात्रै अमेरिका तथा क्यानडामा तापक्रम उच्च हुँदा जनजीवन प्रभावित भएको थियो । उत्तर अमेरिकी देशमा जुन महिना इतिहासकै गर्मी रेकर्ड भएको थियो ।

क्यालिफोर्नियाको डेथ भ्यालीको तापक्रम शुक्रबार ५४.४ डिग्रीसेल्सियस मापन भएको छ । अबको केही दिन यस्तै रहने अनुमान छ । शुक्रबार मापन भएको डेथ भ्यालीको तापक्रम सन् २०२० को अगस्टमा मापन भए जस्तै हो । जसलाई पृथ्वीमा मापन भएको सबैभन्दा उच्च तापक्रम मानिन्छ ।

उच्च गर्मीसँगै अमेरिकाका विभिन्न क्षेत्रमा डढेलो पनि लागेको छ । क्यालिफोर्नियासँग सीमा जोडिएको नेभाडामा पनि तापक्रम उच्च बन्दै गएको छ ।

लस भेगासको अधिकतम तापक्रम यसअघिको उच्च बिन्दू ४७.२ डिग्री सेल्सियसबाट माथि पुग्ने अनुमान छ ।

[sidebar name="button post"]