२७ असार, एजेन्सी। ब्राजिललाई १-० गोलले हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा अर्जेन्टिनाले उपाधि उचालेको हो ।
अर्जेन्टिनालाई उपाधि जिताउन एन्जेल डी मारियाले खेलको २२ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । सो गोलका लागि डी पलले पास दिएका हुन् । यससँगै लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जितेका छन् ।
[sidebar name="button post"]











