कुवेतमा श्रमिकलाई चर्को घाममा काम लगाउने ५३८ कम्पनीहरुलाई जरिवाना गरेको छ ।
एक महिनामा कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)को अनुगमन टोलीले निरीक्षण गर्दा श्रमिकलाई चर्को घाममा काम लगाउने ५३८ वटा कम्पनीलाई जरिवाना गरेको कुवेत न्युज एजेन्सीलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।
श्रमिकलाई चर्को घाममा काम लगाएको भन्दै पीएएमलाई विभिन्न मध्यम ५७ वटा उजुरी परेको थियो भने पीएएम आफैँले १ हजार ११८ वटा कम्पनीको साइटहरूको निरीक्षण गरेको जनाएको छ ।
निरीक्षणका क्रममा ४२५ कम्पनीहरुले मात्र नियम पालना गरेको पाइएको पीएएमले जनाएको छ ।
पीएएमले रोजगारदाता कम्पनीहरुलाई कामदारको सुरक्षाको ग्यारेन्टी गर्न र कानुनी समस्याबाट जोगिन निर्देशनको पालना गर्न आग्रह गर्दै निर्णय कार्यान्वयन गर्न र श्रमिकको स्वास्थमा ध्यान दिन आग्रह गर्दै आएको छ ।
पीएएमले कुनै पनि कम्पनीहरुले चर्को घाममा काम लगाए तत्काल निरीक्षण टोलीलाई रिपोर्ट गर्न अनुरोध गरेको छ ।











