आफ्नै छोरीलाई पटक–पटक जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले बर्दियामा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार असार १८ गते राति आफ्नै छोरी सोनिया (परिवर्तित नाम) लाई बाबु राहुल (परिवर्तिन नाम)ले जबरजस्ती करणी प्रयास गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेम बहादुर शाहीका अनुसार राति साढे १२ बजेतिर राहुलले आफ्नै छोरी सोनियालाई कोठाभित्र एक्लै सुतिरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजेको भन्दै छोरीले नै उजुरी दिएकी थिईन् ।
बाबुले गरेको यौन दुर्व्यवहार बारे बोल्दा इज्जतको डरले पीडितले कोही कसैलाई नभनेको प्रहरीमा बयान दिएकी छिन् ।
[sidebar name="button post"]











