सबै विदेशी सैनिकले आउँदो सेप्टेम्बरसम्म अफगानिस्तान नछोडेमा गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी

सबै विदेशी सैनिकले आउँदो सेप्टेम्बरसम्म अफगानिस्तान नछोडेमा गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी तालिबानले दिएको छ ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कूटनीतिक मिसनको सुरक्षाका लागि एकहजार सैनिक रहने खबर आएपछि तालिबानको यस्तो चेतावनी आएको हो । काबुलमा रहने सैनिकमा अधिकांश रुपमा अमेरिकी हुने छन् ।

तालिबानका नेताले भने बिबिसीसँग तोकिएको समय सीमा भन्दा पछि बाहिरिने वा समय सीमापछि पनि अफगानिस्तानमा रहने विदेशी सैनिकहरु जोखिममा आउने चेतावनी दिएको हो ।

नेटोको विगत २० वर्षदेखि अफगानिस्तानमा जारी रहेको सैन्य अभियानमा अन्त्य हुने चरणमा छ। तर विदेशी सैनिकको अन्तिम समूह बाहिरिने क्रममा रहँदा अफगानिस्तानमा हिंसाका घटनाहरु बढ्दै गएका छन् ।

विदेशी सैनिकको साथ पाउँदै आएको अफगान सेनाले अब देशको सुरक्षाको जिम्मा एक्लै सम्हाल्ने तयारी गरिरहेको छ ।अमेरिकी तथा नेटो सैनिक आउँदो सेप्टेम्बर (११) सम्ममा अफगानिस्तानबाट बाहिरिँदै छन् ।

[sidebar name="button post"]