२१ असार, काठमाण्डौ। चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्र तर्फको २०७६–०७६ को स्नातक तहमा पढाउने ११ वटा सरकारी शिक्षण संस्थालाई छात्रबृत्ति बापतको रकम उपलब्ध गराएको छ ।
आयोगले एक सूचना जारी गर्दै चिकित्साशास्त्र तर्फ अध्ययन गर्ने कुल ५२९ जना विद्यार्थीलाई छात्रबृत्तिमा अध्ययन गराउने ११ वटा सरकारी शिक्षण संस्थालाई दोस्रो किस्ता बापतको ३६ करोड ९६ लाख ८२ हजार ५८४ रकम निकासा गरेको हो ।
चिकित्सा क्याम्पस महाराजगञ्ज, नर्सिङ क्याम्पस महाराजगञ्ज, आयुर्वेद कलेज कीर्तिपुर,नर्सिङ क्याम्पसहरु पोखरा, बीरगञ्ज र नेपालगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका शिक्षण संस्थामा ७५ प्रतिशत सिट छात्रबत्तिका लागि छुटएको छ।

[sidebar name="button post"]











