इराक युद्धको घोषणा गर्ने बेलाका अमेरिकी रक्षा मन्त्री डोनाल्ड रम्सफेल्डको निधन भएको छ । उनलाई इराक युद्धका प्रमुख ‘आर्किटेक्ट’ का रुपमा पनि लिइन्छ ।
पूर्व रक्षा मन्त्री रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति जर्ज डब्लु बुसको प्रशासनमा रक्षा मन्त्री रहेका उनी ‘आतंकवाद विरुद्धको युद्ध’ का प्रमुख पक्षधर थिए ।
सन् २००१ को सेप्टेम्बर ११ मा भएको आक्रमणपछि अमेरिकी सुरक्षा बलले अफगानिस्तानमा सैन्य अभियान थालेको थियो । यस्तै सन् २००३ मा इराकमा युद्ध सुरु गरेको थियो ।
रम्सफेल्डको परिवारले उनको निधन न्यू मेक्सिकोको ताओस स्थित घरमै मंगलबार निधन भएको जानकारी दिएको छ ।
[sidebar name="button post"]











