१७ असार, काठमाण्डौ। नेपाली बजारमा आज सुनचाँदीकै मूल्य वृद्धि भएको छ । सुनको मूल्यमा बिहीबार अधिकतम ८०० रुपैयाँले मूल्य वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।
तेजाबी सुनको मूल्य तोलामा सात सय ५० रुपैयाँले बढेर ९० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै चाँदीको मूल्य समेत गत बुधबारको तुलनामा प्रतितोला २० रुपैयाँले वृद्धि हुँदै १ हजार ३१० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
[sidebar name="button post"]











