कुन उमेरका मानिस कति घण्टा सुत्ने ?

एजेन्सी। भोजन जतिकै शरीरलाई निन्द्रा पनि उतिकै आवश्यक पर्दछ । निन्द्राले शरीरमा भएको दिनभरको थकान, तनाव तथा आलस्यतालाई कम गर्दछ । तर कति उमेरको मानिस कति निदाउने त ?

अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआएएच) का अनुसार व्यक्ति व्यक्तिमा निद्राको आवश्यकता फरक–फरक हुन सक्छ ।

कुन उमेरका मानिसलाई कति निन्द्रा आवश्यक ?

नवजात शिशुलाई १६–१८ घण्टा सुत्नु पर्दछ ।
स्कुल जानुअघिका बालबालिका ११–१२ घण्टा सुत्नु पर्दछ ।
स्कुल जाने उमेरका बालबालिका न्यूनतम १० घण्टा सुत्नु पर्दछ ।
किशोर उमेरमा व्यक्ति ९–१० घण्टा सुत्नु पर्दछ ।
वयस्कसँगै पाको उमेरका व्यक्ति ७–८ घण्टा निदाउन आवश्यक छ ।

यदि राती ढिलासम्म सहज रुपमा निन्द्रा लागेन भने यसका लागि अपनाउन सकिन्छ यस्ता उपाय :
– बढी मात्रामा पेय पदार्थको सेवन नगर्ने ।
– दिउँसो नसुत्ने, सुत्नैपरे टेबुलमा केही बेर आँखा चिम्म गरेर आराम मात्रै गर्ने ।
– सुत्नुभन्दा ३ घण्टा पहिले नै खाना खाने ।
– निद्रा नलागे ओछ्यानमा पल्टेर नबस्ने अन्य काममा ध्यान दिने ।
– सम्भव भए सुत्नुअघि मनतातो पानीले नुहाउने ।
– सुत्ने समयमा टेलिभिजन, ठुलो आवाजमा संगीत सुन्ने, पढ्ने काम नगर्ने ।
– सुत्दा दिनभरको घटनाक्रम बिर्सने र अर्काे दिनबारे पनि नसोच्ने ।
– सुत्ने र उठ्ने समय एकै र नियमित पार्ने ।
– सुत्ने कोठा अँध्यारो र शान्त राख्ने ।
– नियमित रूपमा व्यायाम गर्ने वा हिड्ने बानी बसाउने ।

[sidebar name="button post"]