चीनसँग एक हजार ७५३ मेट्रिक टन सुन सञ्चिती

३१ जेष्ठ, बेइजिङ। चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ ।

यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ ।

[sidebar name="button post"]