३१ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाण्डौ जिल्लाका ३९६, ललितपुरका १४५ तथा भक्तपुरका ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
त्यस्तै देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्।
[sidebar name="button post"]











