३१ जेष्ठ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै २४ घण्टामा ५ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ।
देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्।
[sidebar name="button post"]











